तपाईं POLITICS गर्ने कि POLITICS गर्ने ?
उसखेर गाउँमा बुढापाकाहरु “राजनीतिमा पोलिटिक्स घुस्यो” भन्ने गर्थे ।“राजनीति र पोलिटक्स भनेको एउटै त हो नि हौ बाजेहरु”, ६ कक्षाको My English Book – 3 पढेपछि मभित्र पलाएको गोराको सानो सानो बच्चा बुढाहरुलाई उल्टो अंग्रेजी सिकाउन उद्यत हुन्थ्यो । तर वास्तवमा, जानेर हुन् वा नजानीकनै, ...