चार गोटा कुराहरु

(१) गिरिजाप्रसाद कोइराला बाँचिरहेका भए आज उनी ९७ बर्षका हुने थिए ।

आज जसले जति नै ठुल्ठुला कुरा गरे पनि (आउनुहोस् बहस गरौं) नेपालमा एक जना मान्छेको चाहाना दृढता र सुझबुझविना नेपालमा गणतन्त्र संभव थिएन । नेपाली कांग्रेस इतर मात्र होइन, आज कांग्रेस भित्रै पनि समय–समयमा देखिने असमावेशी राजनीति, धार्मिक एजेण्डा, पश्चगामी सोच र बीपीवादमा आएको सैदान्तिक विचलनले पनि गिरिजाप्रसाद कोइरालाको अभाव खट्काइरहन्छ ।

त्यसो त म जीवनमा गिरिजा प्रसाद कोइरालाको सधैं ‘फ्यान’ रहिन । २०४८ सालको चुनावमा भएको भनिएको पार्टीभित्रको अन्तरघात र त्यसअघि–पछिका कोइरालावादविरुद्द अन्तर–नेबिसंघ प्रतिवादहरुमा मेरो पनि सहभागीता रह्यो । त्यसपछि २०५१ मा भएको प्रतिनिधि सभा बिघटन र मध्यावधि निर्वाचन उनको, नेपाली कांग्रेस र सिङगो मुलुककै राजनैतिक जीवनमा ठूलो दुर्भाग्य थियो । यति हुँदाहुँदै पनि विस्तृत शान्ति सम्झौता र गणतन्त्रसम्म आइपुग्दा गिरिजाप्रसाद कोइरालाले गरेका एकपछि अर्को निर्णयहरुले मानौ उनका इतिहासका भुलहरुलाई बिर्साइदियो । उनको साहस, सुझबुझ र एतिहासिक निर्णयहरुबाट आज नेपाल आफ्नो राजनैतिक जीवनको नयाँ अध्यायमा छ ।

क्रान्तिपुरुष–शान्तिपुरुष–राजनेता स्व. गिरिजाप्रसाद कोइरालाप्रति मेरो पनि हार्दिक श्रद्दा सुमन छ ।

(२) सवाल नाकको लम्बाइ र आँखाको गहिराइको होइन, सवाल सायद मु्द्दाको होला ।

वर्तमान राजनैतिक परिदृष्यहरुमा गैर–जनजाति ‘राजनेता’ हरु कसैलाई पनि प्रधानमन्त्रीको उम्मेद्वारको रुपमा अघि सार्ने स्थिति नबनिरहँदा अन्तिम विकल्पको रुपमा पूर्व सभामुख सुवास नेम्बाङलाई अघि सारिने कुरा मिडियाहरुमा आएको देखिन्छ । कतिपय जनजातिहरु, त्यसमा पनि अझ लिम्बुहरु, फुरुङग उफ्रिरहेका पनि देखिन्छन् । कम अन लुङवाहरु, नेम्बाङ फुङवा प्रधानमन्त्री हुनेमा मलाई रत्तिभर विस्वास छैन । भइहाले पनि पनि उनी बालुवाटारको कुर्सीमा विराजमान हुनु र जगमान प्हजे प्रज्ञा प्रतिष्ठानको कुर्सीमा बस्नुमा कुनै तात्विक भिन्नता छैन । फुङवा र लुङवाहरुलाई अग्रिम शुभकामना ।

(३) केही महिनाअघि मैले आफ्नो स्ट्याटसमा अभिनेत्री साम्राज्ञीको नाममा सामन्तवादको गन्ध लुकेको चर्चा गरेको थिए । कटाक्ष उनीप्रति भन्दा पनि नेपालमा नाम र थरहरुले ‘बोक्ने भनिएको गरिमा’ र यसले देखाउने उँचनीचप्रति लक्षित थियो ।

तर आज साम्राज्ञी एउटा गम्भिर लाञ्छनाको सिकार बनेकी छिन् । पुरुषप्रधान समाज, पक्षपाती मिडिया र महिलाहरुको आफ्नै मौनताका कारण आज अभिनेत्री साम्राज्ञी आफु भुवन केसी & Co. हरुका विरुद्द एक्लै लडिरहेकी देखिन्छन्, मानौ उनका कोही छैनन् । सवाल साम्राज्ञीको मात्र होइन, सवाल सिङगो नारीहरुको हो ।

दोष साम्राज्ञीको पनि होला तर भुवन केसी ब्रो कस्ता हुन् हामीले सानैदेखि नचिनेको हो र?

(४) मलाई पनि मन पर्ने कोरियो ग्राफर, जसले माधुरी दिक्षित लगायत दर्जनौं कलाकारहलाई स्थापित गरायो, सरोज खानको ७१ बर्षको उमेरमा हृदयाघातको कारण आज मृत्यु भएको खबरले दुःखी तुल्यायो । उनीप्रति हार्दिक श्रद्दाञ्जली ।

शुभ २७औं सप्ताहान्त ।

Leave a Comment