
खुशीको साथ एक संवाद – ए डायलग विद खुशी लिम्बू

आफ्ना नागरिकलाई विगत २५० वर्षदेखि साम्राज्यवादी परजीवीहरूका हातमा बेचेर रोयल्टी खाने र सत्ता टिकाउने शासक वर्गको पक्षपोषण कतिन्जेल गर्ने? कि अब आहुतिले भनेझैँ वैकल्पिक बाटोको खोजी गर्ने?
यो प्रश्नले मलाई अलिक दुविधामा पार्यो। लामो विश्रामपछि, मेरो कार्यक्रम #खुशीको_साथ_एक_संवाद पुनः तपाईँहरूमाझ लिएर आएको छु। गएको महिना नेपाल भ्रमणका क्रममा आहुति जीको पार्टी कार्यालयमै पुगेर तयार पारिएको यो संवाद निकै रुचिपूर्ण, ज्ञानवर्द्धक र उत्तेजक हुन सक्छ।
प्राविधिक कारणले सुरुका दुई जिज्ञासाको उत्तर भिडियोमा समावेश गर्न नसकिए पनि बाँकी कुराकानीले तपाईँलाई सोच्न बाध्य बनाउनेछ। कृपया भिडियो हेरेर रचनात्मक सुझाव दिनुहोला र च्यानल सब्सक्राइब गरेर हौसला बढाइदिनुहोला।
यो संवाद केवल एउटा कुराकानी मात्र होइन, बरु एउटा अन्वेषण हो। तपाईँलाई यी विचारहरू कस्तो लाग्यो? कृपया Comment मा आफ्नो प्रतिक्रिया दिनुहोला। यस्तै ज्ञानवर्द्धक र गम्भीर बहसहरूका लागि यो च्यानललाई Subscribe गरेर मलाई हौसला प्रदान गरिदिनुहुन हार्दिक अनुरोध गर्दछु। धन्यवाद!#KhusikoSathEkSambad
- #KhusiLimbu
- #ADialogueWithKhusi
- #NepalMamila
- #IntellectualDialogue
- #NepaliPodcast