
छक्कै पार्यो मलाई तिम्रो छद्म भेषले

December 11, 2012
4 views
ठहरै पार्यो मलाई खाँदै नखाको बिषले
छक्कै पार्यो मलाई तिम्रो छद्म भेषले
पहिले थियौ सावित्री अहिले पिङ्गला
भत्काइदियौ तिम्ले मेरो मनको बंगला
कहिले निलो कहिले रातो कालो केशले
छक्कै पार्यो मलाई तिम्रो छद्म भेषले
मनकी रैछ्यौ शूर्पणखा मुखकी मोहिनी
अहिले भइछ्यौ हिडिम्बा पहिले जोगिनी
लठ्ठै पार्यौ पहिले तिम्रो जादु निर्निमेषले
छक्कै पार्यौ अहिले तिम्रो छद्म भेषले
बद्लिएछ रुप तिम्रो फेरिएछ रङ्ग
साट्टिएछन् कसैसित आनिबानी ढङ्ग
बदलिंदा रंगिन तिम्रा यिनै परिबेशले
छक्कै पार्यो मलाई तिम्रो छद्म भेषले
ठहरै पार्यो मलाई खाँदै नखाको बिषले
छक्कै पार्यो मलाई तिम्रो छद्म भेषले
लण्डन ।