Back to all blogsमोहिनी  त्यो रुप  तिम्रो

मोहिनी त्यो रुप तिम्रो

Khusi Limbu
Khusi Limbu
July 24, 2005
15 views

मोहिनी त्यो रुप तिम्रो जुन तारा लजाउने
बेचैन भो यो मन अब कसो गरी बुझाउने

गुराँस फुलेसरि आँखा जोबन पानीसरि चञ्चल
हेरिदिंदा त्यो आँखाले यो मनमा भयो हलचल
आँखैभित्र राखेपनि नबिझाउने काँढा हौ कि
बिर्सनै नसकिने तिमी याद आउँछ्यौ हरपल

स्मृतिको छायाँमा रहेको एक गीत तिमी
वसन्तको हरियाली प्रकृतिकै मीत तिमी
बिहानीको किरणसंगै मुस्कुराउने फूल अनि
अविरल बगिरहने पवित्र गंगा हौ तिमी

भेटूँ लाग्छ तिमीलाई सपनीमै भएपनि
हिंडिदिउँला बरु काँढा बाटोबीच भएपनि
थाहा छैन यो जुनीमा तिमीलाई पाउँछु कतै
पर्खिरहूँला म त अर्को जुनीसम्म भएपनि


शनीवार २३ जुलाई २००५, लण्डन।

Back to all blogs
मोहिनी त्यो रुप तिम्रो | Khusi Limbu