Back to all blogsराजीनामाको राजनीति र काण्टको कर्तव्यबोध: नैतिकता कि राजनीतिक गणित?

राजीनामाको राजनीति र काण्टको कर्तव्यबोध: नैतिकता कि राजनीतिक गणित?

Khusi Limbu
Khusi Limbu
April 19, 2026
15 views

नैतिकता र राजीनामाबारे आठ बुँदा:

१. नैतिक आधारमा दिइने राजीनामा कसैलाई सोधेर, कसैको सल्लाह, दबाब वा राजनीतिक गणितबाट आउँदैन। यो अन्ततः व्यक्तिको आफ्नै अन्तरआत्मा वा विवेक (intuition) ले निर्देशित गर्ने विषय हो।

२. नैतिकताको मूल्य नाफा-घाटा वा राजनीतिक लाभ-हानीको हिसाबले नापिँदैन। यदि नैतिकता जोड-घटाउको आधारमा तय गरिन्छ भने त्यो वास्तविक नैतिकता हुँदैन।

३. दार्शनिक इमानुएल काण्टका अनुसार नैतिकता परिणाममा होइन, कर्तव्यबोधमा आधारित हुन्छ। उनले भनेका थिए—“तिमीले गर्ने काम यस्तो हुनुपर्छ कि त्यो सबैका लागि सार्वत्रिक नियम (Universal Law) बन्न सकोस्।” 

४. नैतिक आधारमा दिएको राजीनामाले व्यक्तिलाई कमजोर बनाउँदैन। बरु उसलाई नैतिक रूपमा बलियो, सामाजिक रूपमा विश्वसनीय, र राजनीतिक रूपमा स्वच्छ बनाउँछ।

५. नैतिक आधारमा राजीनामा दिने निर्णयले व्यक्तिको राजनीतिक छवि र ओज झन् बढाउँछ। इतिहासमा धेरै उदाहरण छन् जहाँ राजीनामाले नेताको विश्वसनीयता घटेको होइन, बरु बढेको छ।

६. नैतिक आधारमा राजीनामा दिने निर्णयलाई पार्टीभित्रका गैर-नैतिक प्रवृत्तिहरूले गलत अर्थमा फाइदाका रुपमा लिनु हुँदैन। नैतिकताको संस्कारलाई अवसरवादीद्वारा कमजोर पार्ने प्रयास भए त्यसलाई राजनीतिक रूपमा चुनौती दिनु पर्ने हुन्छ।

७. नैतिक आधारमा राजीनामा दिनु भनेको अनैतिक वा पहिले नै असफल भइसकेका प्रवृत्तिहरूलाई पुनः स्थापित हुने मौका दिनु होइन। बरु नैतिक राजीनामाको निर्णयले त्यस्ता प्रवृत्तिहरूलाई अझ कमजोर बनाउँछ।

८. अन्ततः नैतिक आधारमा राजीनामा दिने व्यक्ति नै भविष्यमा नेतृत्वका लागि अझ विश्वसनीय मानिन्छ। किनकि उसले जिम्मेवारी स्वीकार्ने साहस देखाएको हुन्छ।

#नैतिकता #राजीनामा #कर्तव्यबोध #ImmanuelKant
#PoliticalEthics #NepaliPolitics #GaganThapa #NepaliCongress

Back to all blogs