के भन्छन् बेलायतका विद्धानहरु प्रम ओलीको बेलायत भ्रमणको बारेमा ? टिप्पणीहरु जस्ताको तस्तै

लण्डन, जुन १२,

प्रम ओलीको बेलायत भ्रमणलाई लिएर बिभिन्न बिचारहरु सामाजिक सञ्जालहरुमा ब्यक्त भइरहँदा बेलायतस्थित केही ‘स्कलर्स’ हरुले पनि आ-आफ्नो बिचार पोखेका छन् । तिमध्ये मैले यहाँ नारायण गाउँले, बिज्ञान प्रसाईं, गणेश खडका र भोज बरालको बिचारहरुलाई जस्ताको तस्तै राख्ने ‘दुस्साहस’ गरेको छु ।

“प्रधानमन्त्री सुकुलगुण्डा नबन्नुस्” – बिज्ञान प्रसाई, चार्टड एकाउण्टेण्ट; ने. का. महासमिति सदस्य ।

बिज्ञान प्रसाई – चार्टड एकाउण्टेण्ट; ने. का. महासमिति सदस्य

“नेपाली प्रधानमन्त्रीलाई ब्रिटिश मिडियाले महत्व नदिएको कुरा गुनासो आयो र/ “मान न मान, मैं तेरा मेहमान “। फुर्सदमा मेरो घरमा आउनुहोस न भनेको साधारण औपचाकतालाई  निमंत्रना बनाइ विदेश दौडिने प्रधानमन्त्रीलाई बेलायतले खासै महत्व नदिनु स्वाबाभिक नै हो । करोडौं खर्च गरेर विदेश भ्रमण गर्ने र भ्रमणको उदेस्य सुन्य हुने काम बन्द गरुँ  । घरमा समस्या छ ; परिवार ऋणमा डुबेको छ ; छोराछोरीको स्कूलको फी नतिरेको मर्हिनौं भयेसक्य्यो ; घरको छानो चुहिएको बर्षौ भइसक्यो । घरको मुली चस्मा लगाएर, मोटर ऋणमा किनेर सुकुलगुण्डा भएर हिंंड्दा लाज नपचेको के गर्ने । देश ऋणले ग्रसित छ, प्रत्येक नेपालीको टाउकोमा ३६ हजारको राष्ट्रिय ऋण बोकाएर मस्ती गरेर विदेश सयर गरेर सुकुलगुण्डाको चरित्र प्रदर्शन नगरौं ।”

“गोर्खाली समस्या र नेपाली प्रधानमन्त्रीको बेलायती समकक्षी संग को भेट” – भोज बराल, सामाजिक टिप्पणीकार

भोज बराल – सामाजिक टिप्पणीकार

“गोर्खाली समस्या समाधान का लागी गोर्खा पक्ष बाट उच्च स्तरीय वार्ता समिती बनाएर चरणवद्ध रुपमा वार्ता हुँदै आएको थियो । हिजो नेपालका प्रधानमन्त्रीले उनका समकक्षीसंग कुनै ठोस सहमति पत्रमा हस्ताक्षर गर्लान् भन्ने धेरै गोर्खा हरु को अपेक्षा थियो होला ।

के त्यस्तो सहमती भयो वा अनुरोध, बिन्ती, सुझाव जस्ता मौखिक कुरामा सिमित रह्यो यस विषय मा दुई प्रधानमन्त्री बिचको वार्ता ? 

मलाई कसले कति काम गर्‍यो संग सरोकार हुन्न तर चाहे जस्तो परिणाम आयो वा आएन संग निकै चासो हुन्छ१ गोर्खाली समस्या को बारेमा पनि ‘मुतेर हल्लाए’ जस्तै भयो वा कुनै सकारात्मक परिणाम आएको छ वा आउने सम्भावना छ, यसो यस प्रक्रिया मा सक्रिय भूमिका निभाउदै आएका साथीहरू वा आधिकारिक श्रोत बाट जानकारी पाउन सके लाखौं पूर्व गोर्खा ढुक्क हुने थिए१ यदि सकारात्मक परिणाम आएन भने रणनीति बदल्न पर्ला वा आन्दोलन आन्दोलन भन्दै नाराबाजी गर्ने शैली पुनरावलोकन गर्न पर्ला कि । शुभ दिन ।।” 

“वाह् ! बेलायत तिम्रो शक्तिलाई मान्नै पर्छ”, गणेश खड्का – पी. एच. डी. स्कलर युनिभर्सिटी कलेज लण्डन, स्वतन्त्र मिडियाकर्मी

गणेश खड्का पी. एच. डी. स्कलर युनिभर्सिटी कलेज लण्डन, स्वतन्त्र मिडियाकर्मी

“एउटा बिद्यार्थी संगठनले गरेको कार्यक्रममा मेरो देशको सरकार प्रमुखलाई राम्रै सँग नचाए । अनि हामी मुर्खहरु उफ्रिंदै थियौ विश्वको नम्बर एक विश्वबिद्यायलमा नेपालका प्रधानमन्त्री के.पी. ओली द्वारा सम्बोधन गरे भनेर । प्रधानमन्त्री के.पी. ओली द्वारा ओक्स्फोर्ड विश्व बीधालयमा

त्यहाँका बिद्यार्थीहरुद्वारा आयोजित कार्यक्रममा ९० प्रतिशत बेलायतवासी नेपालीहरु माझ सम्बोधन गरेका हुन ।नेपालीहरुले नै प्रस्ट बुज्न नसकिने ओलीको भाषण बुझ्न नसक्दा त्यहाँ रहेका १० प्रतिशत मध्येका केही बिद्यार्थीहरु कार्यक्रमको बिचमै बाहिर निस्किएको देखियो ।केही प्रश्न सोधौं न त भनेर ऊफ्रींदै गएको म बालक बबुरोलाई प्रश्न सोध्ने मौका नै मिलेन । मिलोस् पनि कसरी जम्मा ३ जनालाई मात्र प्रश्न सोध्ने अवसर दिइएको थियो । अन्तमा एउटा सेल्फी र प्रधानमन्त्रिले भाषण गर्दै गरेको एउटा फोटो खिच्ने बाहेक अरु कुनै उप्लब्धी नभएको जानकारी गराउन चाहें ।

नारायण गाउँले – स्वतन्त्र पत्रकार, सामाजिक टिप्पणीकार, ब्लगर, एनआरएनए अभियन्ता

बेलायती प्रम टेरेजा मेसंग प्रम केपी ओली नं १० डाउनिङ स्ट्रिटमा

“यो बेलायती प्रधानमन्त्री निवासको मूलढोका हो ।
‘स्टेट भिजिट’ हरूमा सानो रातो कार्पेट बिछ्याउनेबाहेक अन्य कुनै पनि तड़कभड़क, सिंगारपटार, तुल-ब्यानर या फूलमालाहरू देख्न पाइन्न ।
विश्वका धेरै राजारानीदेखि राष्ट्रपति र प्रधानमन्त्री यसै गरी सादा रूपमा यहाँ आउँछन्, फोटो खिच्छन् र भित्र पस्छन् । यहाँ सभामुखदेखि सेनाप्रमुख र मन्त्रीदेखि सांसदसम्मको भीड़ देखिन्न । भित्र पनि सामान्य कुर्सीहरू छन् । आम सर्वसाधारणलाई यस्ता भिजिटबारे कुनै चासो हुँदैन ।

हामीले यस्ता भिजिटमा बहुलठ्ठीपूर्ण तवरले राष्ट्रिय बिदाु दिने गरेका छौं । देशभित्रै राष्ट्रपति या प्रधानमन्त्रीको भ्रमणमा समेत एअरपोर्ट बन्द हुन्छ, सड़क खालि गरिन्छ, स्वागतका नाममा रङ्गीन तूल र ब्यानरले सड़क ढाकिन्छ । प्रधानमन्त्री विदेश जाने या आउने दिन प्रायः सबै कामकारबाही रोकिन्छ र सभामुखदेखि मन्त्रीसम्म ङिच्च दाँत देखाउँदै एअरपोर्टमा लाइन लाग्छन् ।

राजीनामा दिइसकेकी प्रमसँग पक्कै कुनै सम्झौता या सार्थक छलफल हुने कुरो भएन । मलाई आशा छ, यो सद्भावना भेट र त्यसको सादगीबाट हाम्रा प्रमले पनि केही सिक्नुहुनेछ । हाम्रा नेताहरुलाई यसो एउटा निर्णय गर्दा या उद्घाटन गर्दासमेत रातो कार्पेटमात्र होइन, पत्रिकाभरि ज्याकेट बनेर टाँसिनेदेखि पोलमा झुन्डिनेसम्मको रहर लाग्ने गरेको देखिन्छ । तिनलाई दुईवटा ईंटा जोडेर भए पनि अग्लो मञ्च बनाइदिनुपर्छ”

Leave a Comment