थर्पू समाज यूकेद्धारा एनआरएन बिल्डिङलाई आर्थिक सहयोग

पाँचथर थर्पू समाज यूकेका सक्रिय सदस्यहरुले काठमाण्डौंको बालुवाटारमा निर्माणाधिन एनआरएन बिल्डिङको निर्माण सहयोगार्थ आर्थिक सहयोग गरेका छन् । गैर-आवासीय नेपाली संघ बेलायत (NRNA UK) ले आफ्नो सातौं महाधिबेशन र नयाँ कार्यसमितिको छनौट गर्ने सिलसिलामा पञ्जिकृत सदस्यता लिनेहरुमध्येबाट बिल्डिङ लेभी लिएको हो । यस प्रकिया अन्तर्गत सदस्यता लिनेहरु प्रत्येकले नियमित सदस्यता शुल्क १५ पाउण्डको अतिरिक्त १० पाउण्ड लेभी बुझाएका छन् । पाँचथर थर्पू समाज यूकेका निम्न सदस्यहरुले बिल्डिङ लेभीको रुपमा जम्मा एक सय तीस पाउण्ड एनआरएनए यूकेलाई बुझाएको छन् :

  1. चन्द्र बहादुर सुन्दास
  2. रण बहादुर तावा
  3. रुकमणी लिङदेन तावा
  4. इन्द्र कुमारी काम्बाङ इवाँरम
  5. लिला राज काम्बाङ
  6. मन कुमार काम्बाङ
  7. धन काम्बाङ
  8. बिष्णु तावा
  9. खुशीमान तावा
  10. बिमला साम्सोहाङ तावा
  11. बिमला सिगू लोक्सम
  12. सुजन सिगू
  13. लिला सेलिङ माबो

जम्मा £130.00

स्मरण रहोस् समाजका वर्तमान अध्यक्ष खुशी मान तावाले ब्यक्तिगत तर्फबाट गत साल नै उक्त बिल्डिङ परियोजनाका निम्ति एक लाख रुपैया प्रदान गरिसकेका छन् । घरेडीको मूल्य १३ करोड र निर्माण लागतको अनुमानित लागत १७ करोड रुपैयाँ रहेको छ । आगामी अक्टोबरमा पहिलो तलाको निर्माण पुरा हुँदैछ भने एनआरएनएको विश्व सम्मेलन पनि उद्घाटनपछि सोही बिल्डिङमा हुने योजना छ ।

आगामी सेप्टेम्बर ९ मा हुने एनआरएनए यूकेको चुनावमा पाँचथर थर्पू समाज यूकेका सदस्यहरुमध्येबाट खुशीमान तावा, बिमला सिगू लक्सम र लिला सेलिङ माबोले क्रमशः महासचिब, सचिब र महिला संयोजक पदमा उम्मेद्वारी दिने घोषणा गरेका छन् ।

Leave a Comment