कुशुमे रुमालमा जीत्तेले जे भनेको थियो त्यै, “…. … …”

एकाबिहानै मित्र नारायण गाउँलेजीको फेसबुक स्ट्याटस् देखें नेताहरुसित फोटो खिचेर फेसबुकमा बधाई दिनेहरुलाई अर्का फेसबुकेहरुले गर्ने कटाक्षका बारेमा जनाउनुभएको रहेछ ।

हिजो दिनभर पनि मैले त्यसता निकै स्ट्याट्सहरु पढें । कसैले यस्तै कटाक्ष गर्लान कि भन्ने पिर मान्दै पनि नेतासित खिचेको फोटो राखेर सम्वन्धित नेतालाई बधाई र शुभकामना दिएका थिए ।

म आफू भने न कुनै नेताहरुसंग त्यति बिध्न फोटो खिचेको छु नत संगै खिचेकाहरुले जीते नै । जीतेको भए नि पोस्ट गर्दिनथिएँ – आआफ्नो बिचार । तर अहिलेलाई भने एक जोर पुराना फोटाहरु यहाँ राखेको छु तर कसैलाइै देखाउनभन्दा पनि यहाँ रेफरेन्सका लागि । सिधै प्रसंगमा जाउँ ।

एउटा सामाजिक–मनोवैज्ञानिक यथार्थ के हो भने सामान्यतया जोसंग जे छ उसले त्यो प्रदर्शन गर्छ नै । धन हुनेले धन, रुप हुनेले रुप, बैंश हुनेले बैंश, पढेलेखेकाहरुले आफ्नो विद्धता । यसमा मेरो भन्नु के हो भने उनीहरुले त्यसो गरिरहँदा देख्ने सुन्नेको मनमा के बित्छ त्यो गौण कुरा हो । आफुसित जे छ त्यो प्रदर्शन गर्दा अर्काको मन जल्छ, रीस उठ्छ, के के न हुन्छ, भने त्यो उसको समस्या हो ।

त्यसो भन्दैगर्दा एउटा पुरानो कुरा म सम्झन्छु । युनिभर्सिटीमा पढ्दा एउटा सेमिनारमा मेरा केही नारीवादी सहपाठीहरुसित निकै घम्साघम्सी परेको थियो । समाजमा बलात्कार घट्नुका कारणहरु के के हुन भन्ने बारेमा वहस हुँदैथियो । बिभिन्न कारणहरुमध्ये मेरो तर्क रह्यो, स्त्रीहरुले लगाउने छोटा अनि उत्तेजक पहिरनहरु । नारीवादीहरुले मलाई ठाडै खान खोजे । मेरो भनाइको चुरो खासमा के थियो र छ भने तपाईंले लगाएको कपडाले अर्काको मनमा कामवासना पैदा गर्दछ र जुन वासनाले अर्को कुनै पागललाई बलात्कारतिर प्रेरित गर्दछ भने त्यो हदसम्म तपाईंले समाजमा कसरी प्रस्तुत हुने भन्ने बारेमा सोच्न पर्ने हुन्छ । किनकि यसले समाजिक सद्भावमा एककिसिमको दखल पुर्याउँछ । तर फेसबुकमा तपाईंले पोस्ट गरेका नेताहरुसितका फोटाहरुले गर्दा देख्नेहरुलाई निंद्रै लाग्दैन, तपाईं स्वीट्जरल्याण्ड छुट्टीमा जाँदाका फोटाहरु तपाईंका वालमा देखेर तिनको खानै पच्दैन, तपाईंका हैण्डसम श्रीमान र छोराहरुको तस्वीरहरु तपाईंको टाइमलाइनमा देखेर उनीहरुलाई दिन काट्न गाह्रो पर्छ भने त्यो समस्या उनीहरुलाई नै छाडिदिनोस् ।

यहाँ यसो भन्दैगर्दा कुशुमे रुमालमा जीत्तेले जे भनेको एउटा डाइलग सम्झन्छु, “देखासिखी गरीखाऊन्, ………”

अन्तमा, तपाईंसित जे छ त्यो त्यो प्रदर्शन गर्नुस्, नभएका केही पनि प्रदर्शन नगर्नुस्; बैंशालू हुनुहुन्छ भने अरु लाली लगाउनुस्; धन छ भने आफ्ना डिजाइनर्स सामानहरु आफ्ना वालमा राख्नु्स् कसको के जान्छर ? पढेलेखेका हुनुहुन्छ भने विद्धता छाँटनुस्; रुप छ भने अरु श्रृंगार गर्नुस् । आफ्नो त केही छैन । आजलाई जे छ त्यो यहीं नै पोस्ट गरेको छु । धन्यवाद ।

बाबुराम भट्टराईजीलाई बधाई र उहाँको निकट्तम प्रतिद्धन्दी क. नारायणकाजी श्रेष्ठजीलाई सहानुभूति ।
आजको दिन शुभ रहोस् ।

Leave a Comment