Archive

माया लाउँदै नलाउनु वा माया दुईतिर लाउनु भन्दा एकतिर माया लाउनु राम्रो

नेपाल पत्रकार महासंघको बेलायत शाखाको हालै सम्पन्न अधिवेशनबाट प्रिय बहिनी सिर्जना निङ्लेकु सचिव पदमा सर्वसम्मतिले चयन हुनुभएकोमा मलाई गर्व छ । उहाँ नेपालमा लामो समयसम्म रेडियो जोकी (आरजे) को रुपमा कार्यरत रहनु भयो । हाल बेलायत आएपछि उहाँ ब्लगर र भ्लगरको रुपमा बढी चिनिनुहुन्छ । ...

चार गोटा कुराहरु

(१) गिरिजाप्रसाद कोइराला बाँचिरहेका भए आज उनी ९७ बर्षका हुने थिए । आज जसले जति नै ठुल्ठुला कुरा गरे पनि (आउनुहोस् बहस गरौं) नेपालमा एक जना मान्छेको चाहाना दृढता र सुझबुझविना नेपालमा गणतन्त्र संभव थिएन । नेपाली कांग्रेस इतर मात्र होइन, आज कांग्रेस भित्रै पनि समय–समयमा ...

पद्मसुन्दर लावतीलाई यसरी क्षमा दिएकी थिइन् सुबेदार अन्तरीले

“मैले बाहुनसित विहे गरेर तेरो के बिगारिदिएँ ए परसादे?” यति मात्र भन्दै गरेको यताको हुलमा के देख्या थियौं कतिखेर मञ्चमै पुगेर भाषण गरिरहेको एक जना पूर्व प्रधानपञ्चलाई गएर मुक्का हानेको देख्न पाइयो । त्यति मात्रै होइन पूर्व प्रपले समातिरहेको बडेमाको माइक खोसेर उनकै छातीमा बजारिन् – बड्याम्म ...

गधालाई के थाहा हिराको मोल कति भनेर?

मान्छेको नाकको लम्बाइ वा आँखाको गहिराइ उभित्रको ब्राम्हणवादको मानक हुन सक्दैन भन्ने तथ्यलाई हिजो निर्वाचन आयोगमा प्रस्तुत गरिएको वरियताक्रमले पुनः पुष्टि गरेको छ । यसले व्यक्तिको गोत्र र थरले उभित्रको जातिवाद र रंगभेदको मापन गर्न सकिन्न भन्ने देखाएको छ । समानता र समावेशीताको नारा दिएर ...

वास्तविक जीवनका वास्तविक नायक–नायिकाहरु

मिडियाहरुले ‘नायक’ र ‘नायिका’ शब्दको अर्थ र महत्वलाई हल्का रुपमा लिंदा हाम्रा वास्तविक जीवनका नायक नायिकाहरुको पेशा र गरिमालाई अलि ओझेलमा पारिदिए जस्तो लाग्ने । त्यसैले मैले त सधैं भन्ने गरेको छु, आफ्नो बैंश छउन्जेल हल्काफुल्का पैसा लिएर सिनेमामा खेल्ने कलाकारहरुलाई ‘अभिनेता’ ‘अभिनेत्री’ भनेर सम्मान ...

पूँजीवाद संकटग्रस्त हुनाका कारण र यसका विकल्पहरु

पूँजीवाद संकटग्रस्त हुनाका कारण र यसका विकल्पहरु – आहुती (अस्ति मे २ तारिख २०२० मा विश्वभक्त दुलाल ‘आहुती’ जीले उहाँका ‘फलोअर्स’ हरुको अनुरोधमा आफ्नै फेसबूक लाइभ मार्फत एउटा अर्को विचारोत्तजक भिडियो प्रस्तुति दिनुभयो । प्रस्तुतिमा उहाँले पूँजीवाद अहिले संकटग्रस्त हुँदै जानुका कारणहरु र यसका विकल्पहरु अघि सार्नुभयो ...

संगीता स्वेच्छाको ‘गुलाफसंगको प्रेम’: एउटा पाठकको आँखाबाट

खुशी लिम्बू । धेरै लामो समयपछि एउटा आख्यान पढ्ने समय मिलाएँ । नेपाली साहित्यको निलो आकाशमा कथासंग्रह ‘गुलाफसंगको प्रेम’ ले कावा हालेको झण्डै एक बर्ष भइसकेछ । जीवनका थुप्रै प्राथमिकताहरुबीच समय जुराएर यसभित्रका कथाहरु केही समयपहिल्यै पढिसकेको हुँ । तर समयाभावको माथापच्चिसीमा पिसिंदै भएपनि आज आएर ...

दासता, अधिनायकवाद, अपहरण – सार एक, रुप अनेक

हिजो शुक्रबार एकाबिहानै एउटा स्ट्याटसमा आँखा पर्यो । लेखक महोदयले आफ्नो बोसको खुलेरै निर्लज्ज रुपमा तारिफ गरेका रहेछन् । आफ्नो बोसका ‘अ’ बाट आउने चार गोटा विशेषताहरु – असक्षमता, असफलता, अकर्मन्यता र अधिनायकवादी चरित्र – को चौतर्फी विरोध र भर्त्सना भइरहँदा पनि लेखनीमा उनले मालिककोे ...

कोभिड–१९ बाट प्रोफेसर रोजर म्याथ्युजको निधनः अपराधशास्त्रमा एउटा युगको अन्त्य

अपराधशास्त्र (criminology) जी का एक सिद्दान्तकार रोजर म्याथ्युजको कोभिड–१९ का कारण हालै निधन भएको छ । कुनै बेला समाजशास्त्रको एक हाँगाको रुप (Sociology of Crime and Deviance) मात्रै भनी अध्ययन–अध्यापन गरिने अपराधशास्त्रलाई सामाजिक बिज्ञानको एक छुट्टै बिषय (independent discipline) को रुपमा विकास गर्न उनको ठूलो ...

सुक्को झार्न सकिन्न भने खोइरो खन्न छोड्नु पनि समाजसेवा नै हो

“संसारमा केही थोरै व्यक्तिहरु वास्तवमा भलाइ गर्न चाहान्छन् ।अरु व्यक्तिहहरु हेर्छन्, ताली पिट्छन् । आफुहरुले धेरै गरेको सम्झन्छन् ।” आजको यो लेख स्वामी विवेकानन्दको माथि उल्लिखित भनाइबाट शुरु गर्न प्रासंगिक ठानें | केही दिनअघि लण्डनमा बस्ने एक जना दाइले यस्तो स्ट्याटस लेखे कि समाजसेवा भनेको अवकाशपछि बुढेसकालमा ...